रोशन गुप्ता
बारा, २२ जेठ
मधेश प्रदेशको बारा जिल्लामा अवस्थित जीतपुरसिमरा उपपमहानगरपाकिला कार्यालय समग्र प्रदेशमै तीव्र गतिमा विकासको यात्रामा अग्रसर एक सक्रिय पालिका हो । यहाँका नगर प्रमुख राजन पौडेलको नेतृत्वमा नगरले शैक्षिक, भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । “विकासको आधार, जनताको सरोकार” भन्ने नारालाई आत्मसात गर्दै, जनप्रतिनिधिहरूको प्रतिबद्धता र जनताको सहयोगमा नगरपालिका उल्लेखनीय सफलताहरूको दिशामा अगाडि बढिरहेको छ ।
भौतिक पूर्वाधार विकासमा ऐतिहासिक प्रगति
जीतपुरसिमरा उपमहानगरपालिकाले गत आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिएको छ । नगरका वडाहरूमा पीपीसी ९एएऋरच्ऋऋ० बाट सडक निर्माण गरिनुका साथै पुल, नाली, ढल, पर्खाल, जलाशय, भवन तथा बिजुली पोल लगायतका संरचनाहरूको निर्माण तथा मर्मत कार्य सम्पन्न भएका छन ।
त्यस्तै, कृषिमा सिँचाइको सुविधा विस्तार गर्न खाल्टो खन्ने, सिँचाइ नहर मर्मत, मोटर जडान लगायतका कार्यहरू सम्पन्न गरिएका छन । ग्रामीण भेगहरूमा सडक पहुँच पु¥याउने तथा झोलुङ्गे पुलमार्फत आवागमन सहज बनाउने योजनाहरू कार्यान्वयन गरिएका छन ।
बिजुली आपूर्तिमा सुधार र विस्तार
विभिन्न वडाहरूमा ट्रान्सफर्मर जडान, पोल राख्ने, तार विस्तार गर्ने लगायत विद्युत संरचनाको निर्माण गरिंदैछ। यसले नगरका अधिकांश क्षेत्रलाई उज्यालो बनाएको छ । साथै, कृषिमा प्रविधि प्रयोग बढाउन विद्युतीय सिँचाइ प्रवाहसमेत विस्तार गरिएको छ ।
शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि
पालिकाले शैक्षिक पूर्वाधारको विकासमा समेत विशेष योगदान पु¥याएको छ । सरकारी विद्यालयहरूमा नयाँ भवन निर्माण, चर्पी निर्माण, फर्निचर व्यवस्थापन, कम्प्युटर र विज्ञान प्रयोगशालाको स्थापना जस्ता कार्यहरू गरिएको छ । यससँगै योग्य शिक्षकहरूको व्यवस्थापन गर्दै बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याइएको छ ।
स्वास्थ्य सेवामा सुधार र पहुँच विस्तार
स्वास्थ्य सेवा विस्तारका लागि विभिन्न वडामा स्वास्थ्य चौकीहरू निर्माण गरिएको छ । आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरेर नागरिकको स्वास्थ्य उपचारमा सहजता ल्याइएको छ । विशेषगरी महिला स्वास्थ्य, मातृ–शिशु स्वास्थ्य र नियमित खोप कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको छ ।
कृषि, पशुपालन र रोजगारीमा नविन प्रयोग
कृषिमा नवप्रविधिको प्रयोग गर्दै मलबीउ, कीटनाशक वितरण, उन्नत बीउ प्रणालीको प्रयोग, माछा तथा पशुपालन व्यवसायमा तालिम तथा अनुदान वितरण गरिएको छ । यसले कृषिमा आत्मनिर्भरता तथा आयआर्जनमा सकारात्मक प्रभाव परेको छ ।
सीप विकास तथा स्वरोजगार कार्यक्रम
युवा, महिला तथा दलित समुदायलाई लक्षित गर्दै विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन गरिएको छ – जस्तै सिलाइ कटाइ, कम्प्युटर तालिम, व्यवसायिक कृषि, मोटर मेकानिक, मोबाइल मर्मत तालिम आदि । यसले युवा वर्गमा आत्मनिर्भरताको भावना विकास गर्नुका साथै स्वरोजगारको अवसर सिर्जना गरेको छ ।
नगर प्रमुखको दृष्टिकोण
नगर प्रमुख राजन पौडेलको नेतृत्वमा समावेशी, पारदर्शी र उत्तरदायी प्रशासन कायम गर्दै नगरलाई नमुना नगर बनाउने अभियान अघि बढाइएको छ । जनताको विश्वासलाई साथ लिएर विकास निर्माणका कार्यहरू तिव्र गतिमा अगाडि बढाइएको छ । उनका अनुसार नगरभित्रको सेवा प्रवाहलाई सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउने लक्ष्य छ ।
नगर प्रमुख राजन पौडेल भन्नुहुन्छ –
“हामीले हरेक वडाको आवश्यकता र प्राथमिकताका आधारमा योजना तयार गरेर कार्यान्वयन गर्दै आएका छौँ । नगरबासीको साथ र सहयोगले हामी अझ दृढ भएर सेवा प्रवाह गरिरहेका छौँ । अबको हाम्रो ध्यान दीर्घकालीन योजनामार्फत समृद्ध र आत्मनिर्भर जीतपुरसिमरा निर्माणतर्फ केन्द्रित हुनेछ ।”

