आज साँझ ४ बजे, जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त टोलीले कलैया उप(महानगरपालिका वडा नं. ६, हनुमान चोकबाट ठूलो परिमाणमा नाइट्राभेट-१० ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको हो।।
पक्राउ पर्नेमा २६ वर्षीय मुकेश साह कलवार, २९ वर्षीय सुमन चौहान, प्रदीप कुमार साह, र धिरेन्द्र कुशवाहा छन्। उनीहरू सबै कलैयाका विभिन्न वडाका स्थायी बासिन्दा हुन्। प्रहरीका अनुसार, उनीहरूको साथबाट ३५ पत्ता नाइट्राभेट-१०, कुल १०३५ ट्याब्लेट बरामद गरिएको छ।
चारै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

