प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, आयोग सक्रिय

SLF KHABAR
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ३८ दिन मात्र बाँकी रहेका बेला उम्मेदवारी दर्तासँगै राजनीतिक दलहरू चुनावी प्रचार–प्रसारमा सक्रिय भएका छन्।

यहीबीच निर्वाचन आयोग पनि आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गरी आवश्यक तयारीमा जुटिरहेको छ।

निर्वाचनको समयमा कुनै समस्या आए तत्काल समाधान गर्न सक्ने उद्देश्यले आयोगले आइतबारदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। उक्त केन्द्रमार्फत आवश्यक सूचना संकलन, त्यसको विश्लेषण तथा तत्काल निर्णय लिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार निर्वाचनका लागि आवश्यक सामग्रीहरू छपाइको काम तीव्र गतिमा भइरहेको छ।

छापिएका मतदाता नामावलीलगायत सामग्रीहरू मिलाउने, पोका पार्ने र ती सामग्रीहरू विभिन्न जिल्लाहरूमा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *