प्रतिज्ञापत्र सार्वजनिक, तर पुरानै वाचा दोहोर्‍याएको आरोपमा रुगटा आलोचित

SLF KHABAR
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल कुमार रुगटाले वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो ‘मेरो प्रतिज्ञा’ पत्र सार्वजनिक गरेका छन्।

नेपाली कांग्रेसको चुनावी अभियानअन्तर्गत खोलिएको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले विकास निर्माण, सुशासन र नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याए।

तर, कार्यक्रमपछि स्थानीयस्तरमा भने उनको प्रतिज्ञापत्रलाई लिएर आलोचना सुरु भएको छ। नागरिकका अनुसार प्रतिज्ञापत्रमा उल्लेख गरिएका अधिकांश बुँदा नयाँ नभई विगतका चुनावमा पनि दोहोर्‍याइएका आश्वासनकै निरन्तरता मात्र भएको टिप्पणी गरिएको छ। क्षेत्रको आधारभूत पूर्वाधार, रोजगारी सिर्जना र औद्योगिक व्यवस्थापनजस्ता दीर्घकालीन समस्याबारे स्पष्ट कार्ययोजना नदेखिएको गुनासो समेत उठेको छ।

रुगटाले समग्र विकास र स्थायित्वको पक्षमा जनमत जुटाउने विश्वास व्यक्त गरे पनि कतिपय मतदाताले यसलाई चुनाव नजिकिँदै गर्दा गरिएको औपचारिक घोषणा मात्र भएको आरोप लगाएका छन्।

विगतमा गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्थाबारे स्पष्ट जवाफ नआएको भन्दै प्रतिज्ञापत्रप्रति आशंका बढ्दै गएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *