उम्मेदवारी दर्ता भएयता पुराना दलका उम्मेदवारहरूलाई टाउको दुखाइ सुरु भएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ।
कुश्वाहाले मौलापुर नगरपालिकामा जस्तै निःशुल्क सेवा–सुविधा उपलब्ध गराउने, छोरीको विवाहमा पालिकाबाट ३० हजार रुपैयाँ सहयोग गर्ने लगायतका सामाजिक कार्यक्रम आफ्नो पालिकामा पनि लागू गर्ने प्रतिबद्धता जनाएका छन्। तर विपक्षीहरूले यी योजनालाई “असम्भव र भ्रामक” भन्दै जनतालाई भ्रममा पार्न खोजिरहेको आरोप आम जनता पार्टीले लगाएको छ।
यसैबीच, बैंक ऋण नतिरेको भन्दै कुश्वाहालाई कालोसूचीमा परेको भन्ने हल्ला सामाजिक सञ्जाल र स्थानीय तहमा फैलाइएको दाबी गरिएको छ। पार्टी नेतृत्वले यसलाई नियोजित रूपमा फैलाइएको दुष्प्रचार भन्दै तीव्र आपत्ति जनाएको छ।
आम जनता पार्टीका नेताहरूका अनुसार कुश्वाहाको लोकप्रियता बढ्दै जाँदा विपक्षीहरूले हारको डरले चरित्र हत्या गर्ने रणनीति अपनाएका छन्। उम्मेदवार कुश्वाहाले सामाजिक विषयलाई चुनावी हतियार बनाइनु लोकतान्त्रिक अभ्यासकै उपहास भएको प्रतिक्रिया दिएका छन्।