जीतपुरमा करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

रोशन गुप्ता /
जीतपुर, २३ फागुन
आन्तरीक राजस्व कार्यालय सिमराले करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा उधमी व्यवसायीलाई कर शिक्षा, करको दायर, निति , छुटको व्यवस्था व्यवसाय कर लगायतका विषयमा छलफल तथा जानकारी गराइएको थियो । जितपुरसिमरा नगर उधोग बाणिज्य संघको सहकार्यमा आजको कार्यक्रममा करिब ५० जना व्यवसायहिरुको सहभागिता रहेको थियो ।
जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहले कोभिड १९ का कारण धरासायी भएका व्यवसायीहरु भर्खरमात्र अगाडी बढने प्रयास गरिरहेको भन्दै कर , करजन्य विषय बस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने बताएका छन । व्यपारीहरुले समयमा कर तिर्दा जरिवाना बाट बचन सक्ने र राज्यले पनि कर संकलन बाट देशकोे विकासमा टेवा पुगाउने छ ।
आन्तरीक राजस्व कार्यालय सिमराका प्रमुख नारायण प्रसाद भण्डारीले करको बारेमा हरेक व्यक्तिले आफ्नो कर समयमा तिर्न र लापरवाही गर्दा जरिवाना पनि तिर्नुपर्ने बताएका छन । त्यसकारण हरेक व्यक्तिले समय सिमा मा कर तिर्न करदाताहरुलार्य अनुरोध गरेको थिए । कर तिर्ने करदातालाई आन्तरीक राजस्व कार्यालय सिमराले चाहे जति सहयोग गर्ने बताउनु भएको थियो ।
जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहको उध्यक्षतामा र कार्यक्रममा संघका वरिष्ट उपाध्यक्ष मोहन शर्मा सहभागिता थियो भने यस कार्यक्रममा का सहजीकरण शिवजी प्रसाद साहले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *