वीरगञ्जमा भ्रष्टाचारको अखडाका रुपमा चिनिएको पर्साको यातायात व्यवस्था कार्यालयले होली खर्चको बहानामा पत्रकारलाई करोडौं रुपैयाँको नजराना पेश गरेकोे खबर प्राप्त भएको छ ।
स्रोतका अनुसार कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्ण र ट्रायल शाखा प्रमुख नवाज अन्सारीको निर्देशनमा कर्मचारी बद्री दाहाल र रामसुन्दर महताले वीरगञ्जका करिब १२० जना पत्रकारको सूची तयार पारेका हुन ।
उक्त कार्यालयबाट हुनै गैरकानुनी कृयाकलापलाई ढाकछोप गर्न पत्रकारले आफ्नो प्रभाव र हैसियतका आधारमा रु पाँच हजारदेखि रु ५० हजार सम्मका नजराना कार्यालयले दिएको छ । यस कार्यालयहरुमा बिदेश भएकाहरु र ट्रायल र लिखित फेल हुनेसम्मलाई कमिशन लिएर एजेन्टका माध्यमले सवारी लाईसेन्स बितरण गर्ने गरेको छन । साभार छानबिन न्युज डट कम